काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अभिलेख संरक्षण ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । सोमबार राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ११३ को उपधारा २ बमोजिम उक्त विधेयक प्रमाणीकरण गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन् । उनका अनुसार सङ्घीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस हुन आएको अभिलेख…