काठमाडौं । अर्जुननरसिंह केसी यसपालिको प्रतिनिधिसभाका २७५ मध्ये सबैभन्दा पाका सदस्य हुन् । नेपाली कांग्रेसका तर्फबाट समानुपातिक सांसद बनेका केसी ७८ वर्षका भए । निर्वाचन आयोगले राखेको उमेर विवरणमा उनी हाराहारीका अरू सांसद छैनन् । प्रत्यक्षतर्फ म्याग्दीबाट स्वतन्त्र रूपमा चुनाव जितेका महावीर पुन ७१ वर्षीय हुन् । मनाङबाट निर्वाचित कांग्रेसका टेकप्रसाद गुरुङ पनि ७१ वर्षकै…