जनकपुर । प्रमुख राजनीतिक दलहरुले मुलुकमा गणतन्त्र र संघीयता मासेर राजतन्त्र फर्काउने षड्यन्त्र भइरहेको भन्दै खबरदारी गरेका छन् । धनुषामा सक्रिय राजनीतिक दलका जिल्ला नेताहरुको हिजो मंगलबार बसेको बैठकले राजावादी र संघीयताविरोधी शक्तिविरुद्ध एकजुट हुने निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा राजतन्त्र स्थापना र संघीयता खारेजीको षड्यन्त्र भइरहेको भन्दै सरकार र प्रशासनिक निकायलाई सचेत…