महाधिवेशनको उद्घाटनमा सल्लाघारीको चौर भरिभराउ हुन्छ : प्रदीप ज्ञवाली

भक्तपुर । नेकपा (एमाले) ले यही मंसिर २७ गतेदेखि हुने ११औँ राष्ट्रिय महाधिवेशनको तयारी थालेको छ । महाधिवेशनको उद्घाटनस्थल भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको १०८ रोपनीको चौरमा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीसहितको टोलीले बिहीबार निरीक्षण गर्‍यो । उपमहासचिव ज्ञवाली, एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमलगायतका नेताहरूले कार्यक्रमस्थलको अनुगमन गरे । उपमहासचिव ज्ञवालीले उद्घाटनस्थलमा करिब २…