काठमाडौं । सर्वोच्च अदालतले नेपाली कांग्रेसको आधिकारिकता विवाद र महाधिवेशन तयारी रोक्न माग गर्दै दायर दुई छुट्टाछुट्टै रिटमा शुक्रबार विपक्षीलाई पेसीको सूचना दिने आदेश भएको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल र न्यायाधीश मेघराज पोखरेलको इजलासमा पेसी तोकिएको थियो । शेरबहादुर देउवा पक्षले सभापति गगन थापा पक्षले महाधिवेशनको तयारी गर्न थालेपछि त्यसलाई रोक्न माग…