पार्टीहरूलाई लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व हो : नेता सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा नवनिर्वाचित राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको दायित्व भएको बताएका छन् । आइतबार कांग्रेसबाट नवनिर्वाचित राष्ट्रियसभा सदस्यहरूसँगको परिचयात्मक कार्यक्रममा नेता सिटौलाले पार्टीहरूलाई शान्ति र लोकतन्त्रको धारमा रुपान्तरण गर्नु कांग्रेसको नेतृत्वदायी दायित्व भएको बताए । उनले पार्टीहरूलाई राष्ट्रहितको बाटो देखाउने दायित्व पनि कांग्रेसकै काँधमा…