काठमाडौं । परराष्ट्र मन्त्री एनपी साउदले इजरायलका विदेश मन्त्री एली कोहेनसँग टेलिफोनमा कुराकानी गरेका छन् । मंगलबार दिउँसो परराष्ट्र मन्त्री साउदले समकक्षी कोहेनसँग कुराकानी गरेका हुन् । परराष्ट्र मन्त्री साउदले हमासको आक्रमणमा परी मृत्यु भएका १० जना नेपालीको शव स्वदेश ल्याउन आवश्यक समन्वय र सहजीकरण गरिदिन पनि विदेश मन्त्री कोहेनसँग आग्रह गरे । मन्त्री साउदले…