एमाले गण्डकीले मुख्यमन्त्रीलाई बुझायो २४ बुँदे ध्यानाकर्षण पत्र

पाेखरा । गण्डकी प्रदेशसभामा विपक्षी दल नेकपा (एमाले)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेको ध्यानाकर्षण गराएको छ । प्रदेशसभामा एमाले संसदीय दलका नेता खगराज अधिकारीले आज २४ बुँदा समेटेर मुख्यमन्त्री पाण्डेको ध्यानाकर्षण गराएका हुन् । प्रदेश सरकारले गर्नुपर्ने सुधारका कामलगायत समेटिएको उक्त ध्यानाकर्षणपत्रमा प्रदेश सरकार गठबन्धनको मात्र नभई सबै जनताको अभिभावक बन्नुपर्ने, सुशासन र सेवा प्रवाह चुस्तदुरुस्त हुनुपर्ने,…