काठमाडौं । सरकारले राष्ट्रिय योजना आयोगको सदस्यमा उमाशंकर प्रसादलाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकले मन्त्रिपरिषद् कार्यालयको प्रस्तावमा उमाशंकरलाई योजना आयोगको सदस्य नियुक्त गरेको हो । नेपाल वायुसेवा निगमको उपाध्यक्षमा सञ्चालक समिति सदस्य विक्रम राईलाई नियुक्त गरिएको छ । नरदेवी आयुर्वेदिक चिकित्सालय विकास समिति सदस्यमा सिन्धुपाल्चोकका लेखनाथ लामा र काठमाडौं निवासी डा. सहारा…