सुदूरपश्चिम सरकारमा नागरिक उन्मुक्तिका थप दुई मन्त्रीले पाए जिम्मेवारी

कैलाली । नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरिसकेपछि पनि उन्मुक्ति पार्टीका दुई जना बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकिएको छ । हिजो राति मुख्यमन्त्री कमलबहादुर शाहले दुई बिनाविभागीय मन्त्रीको जिम्मेवारी तोकेका हुन् । लक्ष्मण किशोर चौधरीलाई सामाजिक विकास मन्त्रालय र खुशीराम चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको हो ।…