संसदीय समितिमा पनि मागे सांसदले गृहमन्त्री लामिछानेको राजीनामा

काठमाडौं । नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सहकारी प्रकरणलाई निष्पक्ष रूपमा छानबिन गर्न उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले राजीनामा दिनु राम्रो हुने बताएका छन् । बुधबार प्रतिनिधिसभा अन्तर्गतको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सांसद बडूले सहकारीको रकम हिनामिना प्रकरणमा गृहमन्त्रीको पनि नाम जोडिएको भन्दै निष्पक्ष छानबिनका लागि पद छोड्नु उपयुक्त हुने बताएका हुन् ।…