काठमाडौं । अर्थ मन्त्रालयले बजेट निर्माणका क्रममा करका दर हेरफेर गराउन एकजना पूर्वकर्मचारीलाई जिम्मेवारी दिइएको विषय संसद्मा प्रवेश पाएको छ । प्रतिनिधिसभाको बैठकमा भन्सार विभागका पूर्वकर्मचारीलाई सहभागी गराएर नीतिगत भ्रष्टाचार गरेको भन्दै एमालेसहित विपक्षमा रहेका राजनीतिक दलहरुले विरोध जनाएका छन् । “बजेटको भाषण हुनु अघिल्लो दिनमा करका दर हेरफेर गरियो,” एमाले प्रमुख सचेतक पदम गिरीले…