काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको निवास नभत्काउन सुरक्षा निकायले निर्देशन दिएको छ । आइतबार बिहान नेपाल प्रहरीका एक उच्च अधिकारी देउवा निवास पुगेर स्थलगत अनुगमन गरेका थिए । सो क्रममा उक्त घरसँग सम्बन्धित अनुसन्धान जारी रहेकाले अर्को निर्णय नभएसम्म घर नभत्काउन निर्देशन दिइएको जनाइएको छ । सुरक्षा निकायका अधिकारीहरूका अनुसार…