रेशम चौधरी आजै गृह जिल्ला जाने

काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी आज डिल्लीबजार कारागारबाट रिहा भएका छन् । कैलालीको टिकापुर काण्डमा दोषी ठहर भई डिल्लीबजार कारागारमा आजीवन कारावासको सजाय भोगिरहेका नेता चौधरीलाई सरकारले आम माफी दिएपछि आज डिल्ली बजार कारागारबाट रिहा भएका हुन् । आज बिहानैदेखि उनका समर्थक डिल्लीबजार कारागार बाहिर बसी फूलमाला र अबिर लगाइदिएर स्वागत गरेका…