काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले उपत्यका विशेष प्रथम अधिवेशनमा सर्वसम्मत नेतृत्व चयनका लागि आग्रह गरेका छन् । अघिका प्रदेश अधिवेशनलाई लिएर विपक्षीहरूले टीकाटिप्पणी गर्ने अवसर पाएको भन्दै अध्यक्ष ओलीले सर्वसम्मतीको प्रयास गरेर अगाडि बढ्न आग्रह गरेका हुन् । आज अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले प्रतिस्पर्धामा गएपछि एउटाको जित र अर्कोको…