काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिलाई सल्लाहकार आवश्यक नभएको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक २०८० को उपराष्ट्रपतिको कार्यालयसम्बन्धी बजेटबारे छलफलमा भाग लिँदै सांसद पन्तले हुँदै नभएका दरबन्दी खडा गरेर अनावश्यक बजेट छुट्याउनु लोकतन्त्रको हितमा नहुने बताए । खास खास अवस्थामा संवैधानिक दायित्व पूरा गर्न राष्ट्रपति र उपराष्ट्रपतिको व्यवस्था…