युवा नेताहरुको सकृयतामा ‘जय नेपाल फाउण्डेसन नेपाल’ स्थापना भएको छ । फाउण्डेसनको अध्यक्षमा बद्री अर्याल र सदस्य सचिवमा विजयराज अधिकारी चयन हुनुभएको छ । फाउण्डेसनका जेष्ठ सदस्य प्राध्यापक डाक्टर रामचन्द्र अधिकारीको संयोजकत्वमा काठमाडौमा सम्पन्न र्बैठकले अर्याललाइ अध्यक्ष र अधिकारीलाई सदस्य सचिव बनाउने निर्णय गरेको हो । फाउण्डेसनको सदस्यहरुमा बिजुला कुमारी वर्मा राणा, नरेश कुमार यादव,…