परराष्ट्रमन्त्री साउद र बंगलादेशका प्रधानमन्त्री हसिनाबीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री एनपी साउद र बंगलादेशका प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । बंगलादेशको राजधानी ढाकामा उनीहरुबीच आइतबार भेटवार्ता भएको हो ।  भेटमा दुई पक्षीय हितका बारेमा छलफल भएको परराष्ट्रमन्त्री साउदको सचिवालयले जनाएको छ । छलफलको क्रममा नेपाल र बंगलादेशबीचको सम्बन्धलाई सुदृढ बनाउने, सीमापार, कनेक्टिभिटी, व्यापार, पारवहन, ऊर्जा, शिक्षालगायत अन्य सम्बन्धित क्षेत्रमा विशेष जोड…