काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू अहिले जारी संसद् बैठकमा सहभागी भएका छैनन् । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेकाले उनीहरू संसद् बैठकमा सहभागी नभएका हुन् । आजको बैठकबाट सरकारमा रहने वा छाड्ने विषयमा निर्णय गरिने बताइएको छ । बैठक शनिबार राति पनि बसेको थियो । तर, बिनानिष्कर्ष टुंगिएको थियो ।…