सभामुख घिमिरे र बेलायती राजदूतबीच भेटवार्ता, उच्चस्तरीय भ्रमण हुने

काठमाडौं । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग भेट गरेकी छन् ।  सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सोमबार भएको भेट  दुईको पारस्परिक सम्बन्ध, संसदीय अनुभव आदानप्रदानलगायतमा केन्द्रित थियो । सभामुखमा निर्वाचित भएपछि घिमिरेले भारतीय र चिनियाँ राजदूतसँग भेट गरिसकेका छन् ।  ‘बेलायत नेपालसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने पहिलो मुलुक हो,’ सभामुख घिमिरेले भने, ‘दुई…