जनकपुरधाम । पटक-पटक आग्रह गर्दा पनि प्रदेशलाई प्रहरी हस्तान्तरण नगरेको भन्दै संघीय सरकारविरुद्ध मधेस प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरु धर्नामा बसेका छन् । संघीय सरकारविरुद्ध उनीहरूले आइतबार बिहानैदेखि प्रदेश प्रमुखको कार्यालयमा धर्नामा बसेका हुन् । मधेश भवनभित्रको प्रदेश प्रमुख कार्यालय प्राङणभित्र मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा मन्त्रीहरु धर्ना बसेका हुन् । मुख्यमन्त्री राउतसहित भौतिक पूर्वाधार विकास मन्त्री…