काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भोलिसम्ममा मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिएसँगै कांग्रेससहितका दललाई समेटेर मन्त्रिपरिषद् पुनर्गठन गर्ने तयारी गरेका हुन् । यसका लागि सत्ता साझेदार दलहरुको बैठक आज बस्दैछ । प्रधानमन्त्रीले आज सत्ता साझेदार दलको बैठक बोलाएर आवश्यक निष्कर्षका साथ…