प्रधानमन्त्री कार्यालयले भन्यो– कसैको दबाब वा प्रभावमा गृहमन्त्री हटाउने निर्णय हुँदैन

काठमाडौं । प्रधानमन्त्रीको स्वकीय सचिवालयले कसैको दबाब वा प्रभावमा गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय हुन नसक्ने स्पष्ट पारेको छ । प्रमुख स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले बिहीबार जारी गरेको विज्ञप्तिमा गृहमन्त्री अर्याललाई हटाउन काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले दबाब दिइरहेको भनी विभिन्न सञ्चार माध्यममा आएका विवरणहरु भ्रमपूर्ण भएको भन्दै प्रधानमन्त्री सुशीला कार्कीको ध्यानाकर्षण भएको उल्लेख छ…