काठमाडौं । नेकपा एमालेको जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपालले आसन्न निर्वाचनका लागि देशका सबै निर्वाचन क्षेत्रमा परिचालन कमान्ड बनाउने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै युवा संघले आफ्ना पार्टीका उम्मेदवारहरूलाई जिताउनका लागि संगठनका सबै सदस्यहरूलाई परिचालित गर्दै सबै निर्वाचन क्षेत्रमा परिचालन कमान्ड बनाउने जनाएको हो । पत्रकार सम्मेलनमा युवा संघका अध्यक्ष महाराज…