उपसभामुखमा एमालेबाट विद्या भट्टराईले पनि दर्ता गराइन् उम्मेदवारी

काठमाडौं । नेकपा एमालेबाट प्रतिनिधिसभाको उपसभामुखमा विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् । यसअघि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) की उम्मेदवार चन्दा चौधरीलाई सहयोग गर्ने बताएपनि अन्तिममा एमालेले आफ्नै उम्मेदवार उठाएको हो । अन्तिम अवस्थामा लोसपा पनि गठबन्धनमा उभिने भएपछि एमालेले आफ्नै उम्मेदवार तयार पारेको बताएको छ । उनले संसद भवन पुगेर उम्मेदवारी दर्ता गराएकी हुन्…