आज प्रतिनिधिसभाले नयाँ सभामुख पाउँदै, यसरी हुँदैछ निर्वाचन

काठमाडौं । प्रतिनिधिसभाले बिहीबार नयाँ सभामुख पाउँदैछ । त्यसका लागि बिहान ११ बजेदेखि बैठक बसिरहेकाे छ। बैठकमा ज्येष्ठ सदस्य पशुपतिशमशेर राणाले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद् गठनसम्बन्धी पत्र पढेर सुनाएका छन्।  अहिले सभामुख पदको निर्वाचन प्रक्रिया सुरु भएकाे छ। एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले देवराज घिमिरेलाई सभामुख पदमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका छन्। सो प्रस्तावलाई…