काठमाडौं । नेत्रविक्रम चन्द्र 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले दल दर्ताका लागि निर्वाचन आयाेगमा निवेदन दिएको छ । मंगलबार पार्टीका नेता खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड' नेतृत्वको टोलीले काठमाडौंको कान्तिपथस्थित आयाेगको कार्यालय पुगेर दल दर्ताको निवेदन दिएको हो । पार्टीको नाम कम्युनिस्ट पार्टी, नेपाल प्रस्ताव गरिएको छ । निर्वाचन आयोगले प्राप्त निवेदन र संलग्न कागजातहरूको अध्ययन गरी…