काठमाडौं । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद र नेतृत्वको लडाइँ औपचारिक रूपमै निर्वाचन आयोगको दैलोमा पुगेको छ । गगन–विश्व समूहले ‘दोस्रो विशेष महाधिवेशन’ मार्फत गगन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन भएको घोषणा गरेपछि संस्थापन पक्षले आफ्नो आधिकारिकता जोगाउन शुक्रबार बिहानै निर्वाचन आयोगमा शक्ति प्रदर्शन गरेको हो । कान्तिपथस्थित आयोगको कार्यालयमा देउवा पक्षका शीर्ष नेतादेखि कार्यकर्तासम्मको बाक्लो…