पूर्वअर्थमन्त्री कार्कीसहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित थप भ्रष्टाचार आरोपमा पूर्व अर्थमन्त्रीसहित उच्च पदस्थ अधिकारी र विदेशी कम्पनीका प्रतिनिधिहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । अख्तियारले तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित १४ जनालाई प्रतिवादी बनाउँदै विशेष अदालतमा आरोप पत्र दायर गरेको हो । ठेक्का सम्झौतामा तोकिएको व्यवस्था विपरीत ठेकेदार कम्पनीलाई कर तथा…