काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार आगजनी, तोडफोड र लुटमारको जगमा बनेको बताएका छन् । शनिबार पार्टी मुख्यालय च्यासलमा आयोजित भेटघाट तथा चियापान कार्यक्रममा उनले वर्तमान सरकारलाई संविधानले नचिनेको बताए । उनले ‘जनताको अभिमतबाट बनेको प्रतिनिधिसभा भंग गर्ने अधिकार सरकारलाई कसले दियो ?’ भनेर प्रश्न समेत गरे ।…