काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन पूर्वप्रधानमन्त्री र दुई पूर्वमन्त्रीसहित प्रभावशाली नेताहरूको सम्पत्तिमाथि छानबिन सुरु गरेको छ। सार्वजनिक पदको दुरुपयोग गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको आशंकामा उनीहरुविरुद्ध अनुसन्धान अघि बढाइएको हो। छानबिनमा परेकामध्ये पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ रहेका छन्। त्यस्तै, पूर्वमन्त्री आरजु राणा देउवा र दीपक खड्का…