रास्वपालाई प्रचण्डको प्रश्न : दलाल पूँजीवादको प्रोत्साहन गरेर नयाँको धाक लगाउने ?

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)प्रति आक्रामक अभिव्यक्ति दिन थालेका छन् । बिहीबार केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्वाचन परिचालन समितिको बैठकमा वर्तमान राजनीतिमा दुई खाले अतिवाद रहेको निष्कर्ष निकाल्दै निर्वाचनमा कुनै पक्षसँग पनि तालमेल नगर्ने बताएका थिए । उनले एमाले पश्चगामी र रास्वपा पपुलिस्ट पार्टी भएकाले…