भृकुटीमण्डपमा विशेष महाधिवेशन चलिरहँदा देउवानिकट नेताहरू पुगे महाराजगन्ज

काठमाडौं । भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष महाधिवेशन चलिरहँदा पार्टी सभापति शेरबहादुर देउवानिकटका नेताहरू महाराजगन्जस्थित देउवानिवासमा पुगेका छन् । कार्यवाहक सभापति पूर्णबहादुर खड्कासहित नेता रमेश लेखक देउवा निवास पुगिसकेका छन् । उनीहरूबाहेक अन्य नेताहरू पनि आउने क्रम जारी रहेको एक नेताले जानकारी दिए । पार्टीभित्र बढ्दो असन्तुष्टिकाबीच महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाशले विशेष महाधिवेशन आह्वान गरेका…