काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपाकालीन बहुमत सदस्यहरूबीच पार्टी एकीकरणसहितका विषयमा कुरा भएको बताएका छन्। सिंहदरवारमा भएको तत्कालीन नेकपामा पाँच सचिवालय सदस्यको छलफलपछि बाहिरिने क्रममा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले कांग्रेससँगको गठबन्धनलाई कायमै राखेर तत्कालीन नेकपाको बहुमत पक्ष एकतामा जानेबारे छलफल भएको बताए । 'हामी नेकपाकालका सचिवालयका बहुमत सदस्य छौं ।…