काठमाडौँ । सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने प्रस्ताव अश्वीकार गर्दा आफूमाथि महाअभियोग लगाइएको दाबी गरेका छन् । संघिय संसद प्रतिनिधि सभाको महाभियोग सिफारिस समितिमा बुधबार बयान दिन उपस्थित भएका जबराले अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्वाकांक्षा रहेको दावी गरे । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव…