प्रतिनिधि सभाबाट कारागार विधेकय पारित 

काठमाडौं । प्रतिनिधि सभाबाट कारागार विधेकय २०७८ पारित भएकाे छ । आइतबार बसेको प्रतिनिधिसभा बैठकले कारागार विधेयक २०७८ सर्वसम्मतले पारित गरेको हो ।  गृहमन्त्री बालकृष्ण खाणले कारागार विधेयक २०७८ पारित गरियोस् भन्ने प्रस्तावलाई बैठकले सर्वसम्मतिले पारित गरेको सभामुख अग्निप्रसाद सापकोटाले जानकारी दिए ।  आइतबार नै पारित गर्नुअघि सो विधेयकमाथि बैठकमा दवाफार छलफल भएको थियो ।