काठमाडौं । नेपाली कांग्रेसले विशेष महाधिवेशनपछि नेतृत्व परिवर्तनसँगै उम्मेदवार छनोट प्रक्रियामा उल्लेखनीय सुधारको अभ्यास गरेको छ । सभापति गगन थापाको नेतृत्वमा पार्टीले प्रतिनिधिसभा निर्वाचनका लागि छोटो समयमै १६५ (सबै) निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाउँदै नयाँ र युवा अनुहारलाई प्राथमिकता दिएको हो । नेतृत्व फेरिएको केही दिनभित्रै उम्मेदवार छनोट गर्दा नयाँलाई प्राथमिकता दिनु फरक अभ्यास मानिएको…