काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल जापानको चारदिने भ्रमणको सिलसिलामा आइतबार (माघ १८ गते) त्यसतर्फ प्रस्थान गर्दै छन् । नेपाल र जापानबीचको कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको उपलक्ष्यमा जापान सरकारको निमन्त्रणामा राष्ट्रपति पौडेल जापान जान लागेका हुन् । नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै राष्ट्रपति पौडेल आइतबार राति साढे ११ बजे जापान प्रस्थान गर्ने कार्यक्रम रहो परराष्ट्र मन्त्रालयले…