काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले देशभर सद्भाव यात्रा गर्ने भएको छ । तिहार लगत्तै हिमाल, पहाड र तराईमा तीन चरणमा सद्भाव यात्रामा निस्कने गरी कार्यक्रम तय गर्दैछ । रास्वपाका प्रवक्ता मनिष झाका अनुसार आज बस्ने सचिवालय बैठकमा यो विषयमा थप छलफल हुनेछ । पार्टी केन्द्रीय कार्यालय, वनस्थलीमा बिहान ११ बजे सचिवालय बैठक बस्दै छ…