प्रचण्डमा किन आयो आत्महत्याको सोंच

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओलीले संसद विघटन गर्दा आफू चरम निराशामा पुगेको खुलासा गरेका छन् । काठमाडौंमा आयोजित अनेरास्ववियु क्रान्तिकारीको राष्ट्रिय सम्मेलनमा प्रचण्डले तत्कालीन नेकपाका अध्यक्षसमेत रहेका ओलीले संसद विघटन गर्दा भगत सिंहको फिल्मको पात्र चन्द्र शेखरले आत्महत्या रोजेजसरी आफू पनि त्यो विकल्प रोज्ने अवस्थामा पुगेको स्मरण गरे…