कांग्रेस १४औं महाधिवेशन: पुरुषलाई हराएर सभापति बनेकी यी हुन् अब्बल महिला

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको जारी १४औं महाधिवेशनमा उदाहरणीय परिणाम सार्वजनिक भइरहेका छन् । सल्यान जिल्लाको छत्रेश्वरी गाउँपालिकामा सभापति पदका लागि भएको निर्वाचनमा पुरुषलाई पराजित गर्दै महिला गाउँपालिका सभापति बनेकी छन् । गाउँपालिकामा जननिर्वाचित उपाध्यक्ष समेत रहेकी सिता केसीले पार्टीको चुनावमा प्रतिद्वन्द्वी टेकबहादुर बिष्टलाई पराजित गरेकी हुन् । केसी सभापति शेरबहादुर देउवा पक्षबाट र…