काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा हुने भनिएको आफ्नो संयुक्त राज्य अमेरिकाको भ्रमण औपचारिकरूपमा मिति तय भएपछि संसद्लाई जानकारी गराउने बताएका छन् । आज नेपाली कांग्रेस सचेतक पुष्पा भुसालसँगको भेटमा प्रधानमन्त्री देउवाले भ्रमणको मिति तय भएपछि सदन वा संसदीय समितिमा आएर औपचारिकरूपमा जानकारी गराउने इच्छा व्यक्त गरेका हुन् । प्रतिनिधिसभाको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भ्रमणका…