काठमाडौं । संघीय संसदको ११औँँ अधिवेशन मंगलबारबाट सुरु हुँदै छ । १५ जेठमा आर्थिक वर्ष २०७९/०८० को आयव्यय (बजेट) प्रतिनिधिसभामा पेस गर्नुपर्ने संवैधानिक बाध्यता रहेकाले मंगलबार ११औँ अधिवेशन आह्वान गरिएको हो । सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार संघीय संसदका प्रतिनिधिसभा र राष्ट्रिय सभाको बैठक आह्वान गरेकी हुन् । नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा मंगलबार अपरान्ह ४…