जसपाको आन्तरिक विवाद उत्कर्षमाः अध्यक्ष यादव अल्पमतमा, भट्टराई समूह बहुमतमा रहेको दाबी

काठमाडौ । ‘समावेशी र सामूहिक नेतृत्व’ को मागलाई सम्बोधन नगरेपछि अध्यक्ष उपेन्द्र यादवविरुद्ध जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) भित्र इतर पक्षले बहुमत जुटाएका छन् । केन्द्रीय कार्यकारिणी, संघीय सांसद र केन्द्रीय समितिमा बहुमत जुटाएर बसेको संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई पक्षधरले अध्यक्ष यादवमाथि दबाब बढाएका हुन् । ‘समावेशी र सामूहिक नेतृत्वको मागलाई सम्बोधन…