भारतका प्रधानमन्त्री पाँचौँ पटक नेपाल भ्रमणमा आउँदै

काठमाडौँ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी सोमबार नेपालको औपचारिक भ्रमण गर्ने भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणामा प्रधानमन्त्री मोदीले नेपालको भ्रमण गर्न लागेका हुन् । बुद्ध जयन्तीका दिन उनले लुम्बिनीको भ्रमण गर्नेछन् । सन् २०१४ मा भारतको प्रधानमन्त्री भएपछि उनीबाट हुन लागेको यो पाँचौँ भ्रमण हो । बुद्ध जयन्तीको शुभ अवसरमा लुम्बिनीमा आयोजना…