पौडेलले बोलाएको भेलाको निष्कर्ष : गठबन्धन गरेर जानुपर्छ

काठमाडौँ । नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले बोलाएको भेलाले चुनाव तालमेलको आवश्यकता रहेको निष्कर्ष निकालेको छ । नेता पौडेलले आफू पक्षीय केन्द्रीय तथा जिल्ला सभापतिलाई शुक्रबार बिहान आफ्नो निवास बोहोराटारमा छलफलका लागि डाकेका थिए । सत्ता गठबन्धनबिच स्थानीय तहमा तालमेलको आवश्यकता भए-नभएको छलफल गर्न नेता पौडेलले बैठक डाकेको बाजुरा जिल्ला सभापति रामसिंह रावलले जानकारी दिए…