काठमाडौँ । नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक सुरु भएको छ । शुक्रवार अपराह्न पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक सुरु भएको हो । महाधिवेशनसम्बन्धी जारी विवादका बीच यो बैठक महत्त्वपूर्ण मानिएको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले यसअघि संयुक्त विज्ञप्ति जारी गर्दै नियमित महाधिवेशनको कार्यतालिका स्थगित गरेको घोषणा गरेका थिए । उनीहरूले…