काठमाडौं । संविधानले लिपिबद्ध गरेको समानुपातिक समावेशी अधिकारलाई राजनीतिक दाउपेचको विषय बनाएर कमजोर पार्न खोजिएको भन्दै शुक्रबार राजधानीका सडकमा महिलाहरूले खबरदारी गरेका छन् । समानुपातिक उम्मेदवार छनोटमा नेता र राजनीतिक दलहरूले मनपरी गरेको विरोधमा महिला अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेका हुन् । ‘महिला अधिकारका लागि दबाब अभियान’ अन्तर्गत माइतीघर मण्डलाबाट सुरु भएको विरोध र्याली बबरमहल पुगेर…