काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार पूर्णता दिएको मन्त्रिपरिषद्मा ६० प्रतिशत पहिलो पटक मन्त्री बनेका छन् । प्रधानमन्त्री देउवाले शुक्रबार १८ जना नयाँ मन्त्री नियुक्त गर्दै मन्त्रिपरिषद्लाई पूर्णता दिएका हुन् । २५ सदस्यीय सरकारमा १५ जना मन्त्री नयाँ अनुहारका परेका छन् । पहिलो पटक मन्त्री बनेकाहरूमा राजेन्द्र श्रेष्ठ, विरोध खतिवडा, देवेन्द्र पौडेल, उमा रेग्मी, शशी…