अबको बाटो संसद् पुनःस्थापना : महासचिव पोख्रेल

दाङ । नेकपा एमालेका महासचिव शंकर पोख्रेलले देशमा निर्वाचन हुने/नहुने भन्ने अन्योल कायमै रहेको अवस्थामा प्रतिनिधिसभाको पुनःस्थापना नै सबैभन्दा स्पष्ट र सुरक्षित बाटो भएको बताएका छन् । प्रेस चौतारी दाङले बिहीबार घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा बधाई ज्ञापन कार्यक्रममा बोल्दै महासचिव पोख्रेलले सरकारले निर्वाचनको वातावरण बनाउन नसकेको र नेपाली कांग्रेसभित्र देखिएको आन्तरिक सङ्कटका कारण…