राष्ट्रपति कार्यालय शीतल निवासमा पनि आन्दोलनकारीले झोसे आगो

काठमाडौं । आन्दोलनकारीहरूले काठमाडाैंको महाराजगञ्जस्थित राष्ट्रपति कार्यालय शीतल निवासमा समेत आगजनी गरेका छन् । जेन–जीको आह्वानमा भएको आन्दोलनको दोस्रो दिन आज शीतल निवास छिरेका प्रदर्शनकारीले तोडफोड र आगजनी गरेका हुन् । त्यसैगरी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीकाे निवास भंगालमा आन्दाेलनकरीले आगजनी गरेका छन् । बूढानिलकण्ठस्थित भंगालमा रहेकाे निवासमा केहीबेर अघि प्रदर्शनकारीले नियन्त्रणमा लिएर आगाे लगाइएकाे भण्डारीका नीजि…