गगन थापा रोल्पाबाट उम्मेदवार सिफारिस

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई रोल्पाबाट प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनाउन सिफारिस गरिएकाे छ । नेपाली कांग्रेस रोल्पाले महामन्त्री थापासहित ५ जनाको नाम उम्मेदवारका लागि सिफारिस गरेको हो । सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने घोषणा गरेको छ । कांग्रेस रोल्पा सभापति किशोरकुमार आचार्यले महामन्त्री थापासहित ५ जनाको नाम सिफारिस गरिएको जानकारी दिए…