काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका नेता राजेन्द्र पाण्डेले सरकारमा रहेका मन्त्रीहरूको अभिव्यक्तिका कारण निर्वाचन भाँडिइरहेको बताएका छन् । सरकारले सोमबार आह्वान गरेको सर्वपक्षीय बैठकमा पाण्डेले मन्त्रीहरूले अहिले धेरै बोल्ने नभइ सरासर काम गर्ने भएको बताए । अहिलेको सरकारलाई देशले ऐतिहासिक जिम्मेवारी दिएको उल्लेख गर्दै पाण्डेले निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित गराउन नसके मन्त्री भएर बसिरहन नहुने…