काठमाडाैं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि, उद्योग, जडीबुटी, पर्यटनजस्ता स्थानीय सम्भावनामा आधारित आत्मनिर्भर अर्थतन्त्र निर्माण तथा पार्टीलाई समाजवादतर्फ रुपान्तरण गर्ने आधार उत्पादन भएको बताएका छन् । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको आर्थिक उत्पादन विभागको पहिलो बैठकमा उनले भने, “हामी समाजवादको यात्रातर्फ जाँदैछौँ भने त्सको मूल आधार उत्पादन हो…